सिङ्गापुरे लाहुरेको नाममा विवाहकाे प्रलोभन देखाइ ठगी गर्ने एक जना पक्राउ

फाइल तस्बिर
फाइल तस्बिर

सिङ्गापुरे लाहुर हुँ भन्दै विवाहकाे प्रलोभन देखाएर ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँकाे आँबुखैरेनी गाउँपालिका–५ घर भई काठमाडौँकाे चन्द्रागिरी नगरपालिका– ७ हाईभिजिन कोलोनीमा बस्दै आएका रुद्र बहादुर गुरुङ रहेका छन्। 

उनले फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालबाट केटीहरूलाई विवाहकाे प्रलोभन देखाइ २७ लाख ८३ हजार २०० ठगी गरेकाे पाइएकाे छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुकाअनुसार गरुङले आफू फ्रान्स, सिंगापुरको लाहुरे हुँ भन्दै केटीहरूलाई ठगी गर्ने गरेका थिए।

उनले केटीहरूलाई मन पराएकाे र विवाह गरेर सिंगापुर लैजाने आश्वसन दिने गर्थे। सिंगापुर लैजानका लागि काजपत्र बनाउन पैसा लाग्ने र उक्त पैसा केटीहरूबाट मागेर ठगी गर्ने गरेको अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। 

गुरुङले चेक तथा नगद गरी रु. १६ लाख ८३ हजार ६०० का साथै बिभिन्न व्यक्तिहरूको नाममा रहेका २६ वटा ई-सेवा वालेटहरूमा पटक-पटक गरी रु. १० लाख ९९ हजार ६०० गरी जम्मा रु. २७ लाख ८३ हजार २०० ठगी गरेको पाइएकाे प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए। 

गुरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। 

याे पनि–

जापान पठाइदिने भन्दै ४० लाख ठगी, चार पक्राउ

प्रकाशित मिति: : 2024-11-17 17:24:00

प्रतिकृया दिनुहोस्