भारतकाे उत्तरप्रदेशको झाँसीस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा नवजात शिशु रहेकाे भारतीय संचारमाध्यमले लेखेका छन्।
झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेज, बालरोग विभागको एसएनसीयू वार्डमा शुक्रबार राति भीषण आगलागी भएको थियाे। आगलागी हुँदा ३७ जना शिशु घाइते भएकाे समाचारमा उल्लेख छ।
आगलागी किन भएकाे भनेर पुष्टि नभए पनि विद्युत् सर्ट भनिएको अनुमान गरिएकाे छ।