सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि बुटवल ल्याइएकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे बयान स्थगित भएकाे छ।
समय अभावका कारण आजकाे बयान स्थागित गरिएकाे सरकारी वकिलकाे कार्यालयले जनाएकाे छ। बयान बुधबार बिहानबाट सुरु हुनेछ।
रविलाई आज जिल्ला प्रहरी कार्यालयमा लगिएकाे छ।
कात्तिक २ गते पक्राउ गरी कास्की प्रहरीकाे हिरासतमा राखिएका रविलाई मंगलबार बिहान हवाई जहाजमार्फत भैरहवा हुँदै रुपन्देही ल्याइएकाे हाे। पाेखराकाे सूर्यदर्शन सहकारीसँगै रुपन्देहीकाे सुप्रिम सहकारीकाे पनि रकम अपचलन गरेकाे आराेपमा अनुसन्धान गर्न रविलाई यहाँ ल्याइएकाे हाे।
बयान सकिएपछि भने उनलाई पाेखरा (कास्की) नै लगिनेछ।