दीपक मनाङेलाई अदालतमा उपस्थित गराइयाे

Break n Links
Break n Links

काठमाडाैँबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई अदालतमा उपस्थित गराइएकाे छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मनाङेलाई मंगलबार जिल्ला अदालत काठमाडाैँमा उपस्थित गराइएकाे हाे।

गण्डकी प्रदेशका सांसदसमेत रहेका उनलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो। सर्वोच्चकाे फैसला कार्यान्वयनका लागि मनाङेलाई अदालतमा उपस्थित गराएकाे हाे।

सर्वाेच्चबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ ५ वर्ष कैद सजाय सुनाइएका मनाङे मंगलबार बिहान पक्राउ परेका हुन्।

उनीमाथि २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनमाथि आक्रमण गरेकाे आराेप छ।

२०७४ र २०७९ को दुवै चुनावमा उनी मनाङ प्रदेशसभा-२ बाट स्वतन्त्र निर्वाचित भएका थिए भने पटक–पटक मन्त्रीसमेत भएका थिए। केही समयअघि उनले ‘अल्छी लागेकाे’ र मन्त्रालयलाई बिक्रीमा राखेकाे भन्दै राजीनामा दिएका थिए।

प्रकाशित मिति: : 2024-11-12 14:19:00

प्रतिकृया दिनुहोस्