प्रहरीलाई गृहमन्त्रीको निर्देशन- सवारी दुर्घटना न्युनीकरण गर्न सक्रियताका साथ खटिनुस्

Break n Links
Break n Links

गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्युनीकरण गरी सडक सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन प्रहरीलाई निर्देशन दिएका छन्।

सवारी दुर्घटनाका घटना बढ्दै गएका बेला गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुवँरलाई यस्ताे निर्देशन दिएका हुन्।

उनले यात्रु वाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्न नदिन, मालवाहक सवारी साधनमा यात्रु बोक्न नदिनलगायत सवारी दुर्घटना न्युनीकरणमा मुलुकभरमा प्रहरी युनिटलाई सक्रिय बनाउन महानिरीक्षक कुवँरलाई निर्देशन दिए।

‘सडक सुरक्षा कायम प्रहरी प्रमुखमार्फत मुलुकभरका प्रहरी युनिटलाई परिचालन गर्न निर्देश गरेको छु’, गृहमन्त्री लेखकले भने, ‘सवारी दुर्घटना न्युनीकरणका लागि यातायात व्यवसायी, यातायात मजदुर र सरोकारवाला निकायले पनि सजगता अप्नाउनुपर्छ।’

प्रकाशित मिति: : 2024-11-12 12:36:00

प्रतिकृया दिनुहोस्