नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विरोधमा धेरै होहल्ला गर्न आवश्यक नरहेको टिप्पणी गरेका छन्।
धनगढी विमानस्थलसमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले कांग्रेसका नेताहरूमाथि मुद्दा चलाउँदा आफूहरूले विरोध नगरेको बताए।
साथै मुद्दा अदालती प्रक्रियामा गइसकेपछि विश्वास गर्नुपर्ने बताए। ‘हाम्रा साथीहरूमाथि मुद्दा चलाइयो तर, हामीले होहल्ला गरेनौँ,’ देउवाले भने, ‘अदालतको प्रक्रियामा गइसकेपछि त विश्वास गर्नुपर्यो नि।’
उनले लामिछानेकाे पक्राउमा सरकारले राजनीतिक प्रतिशोध नसाँधेको बताए।
देउवाले सरकार ढल्छ भन्ने गलत हल्ला फैलाउन खोजिएको भन्दै याे गठबन्धन सरकार ०८४ सम्मै चल्ने दाबी गरे।