मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन्।
नेकपा एमालेका नेतासमेत रहेका अधिकारीलाई अनुसन्धानका लागि आइतबार विराटनगरस्थित निवासबाटै पक्राउ गरिएकाे प्रहरी स्राेतले बताएकाे छ।
प्रहरीका अनुसार विराटनगरबाट परेका उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेकाे छ।
अधिकारीमाथि गत कार्तिक १३ गते आफू जापान जाने क्रममा आफूसँगै मन्त्रालयको नक्कली कागजात बनाएर तीन जनालाई लगेको आरोप छ।
मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नलिइ जापान उडेका उनलाई जापानको अध्यागमनले विमानस्थलबाट फर्काइदिएको थियो।
त्यसपछि अधिकारीकाे चाैतर्फी विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। उनलाई एमालेले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बनसमेत गरिसकेकाे छ।