बिएल संवाददाता
कर्णाली याक्सले आफ्नो हस्पिटालिटी पार्टनरमा हिल्टन होटललाई भित्र्याएको छ।
मंगलबार हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि होम अफ कर्णाली याक्समा हिल्टनसँग सम्झौता गरेकाे हाे।
सम्झौतामा कर्णाली याक्सका सह-मालिक गृहेन्द्र घिमिरे र हिल्टनका महाप्रबन्धक श्रीधर थोटाले हस्ताक्षर गरेका छन्।
प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजनासहित नेपालमा यसै वर्षदेखि संचालनमा आएको पाँचतारे होटलसँग सम्झौता भएको सह-मालिक घिमिरेले बताए। ‘हाम्रो क्लब, खेल र खेलाडीहरु अब अन्तर्राष्ट्रियस्तरका हुनेछन्। त्यसैले हामीले भर्खरै संचालनमा आएको ख्याति प्राप्त होटल रोजेका हौं।’
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन्। कर्णालीले विदेशी खेलाडीको रुपमा पाकिस्तानका २८ वर्षीय अलराउन्डर मोहम्मद हुसैन तलातलाई अनुबन्ध गरिसकेको छ।
तलातले पाकिस्तानबाट १८ टी– २० आई खेलेका छन्। जसमा ३९४ रन बनाएका छन्। उनले सन् २०१९ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै टी- २० आईमा डेब्यु गरेका थिए।
यस्तै कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीबमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ। त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन्।
एनपिएल १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुँदैछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया