अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन: सांसद बडु

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउँदा कार्यक्षेत्र र कार्यबोझ थपिने धारणा राखेका छन्। 

सोमबार राज्य व्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा भएको छलफलमा उनले  संघीयतामा मुलुक गइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र र कार्यवोझ बढेको बढेको भन्दै यस्तो बेला झन निजी क्षेत्रमा पनि प्रवेश गराउन नहुने बताए। 

उनले भने,‘संघीयतामा मुलुक गइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र र कार्यवोझ बढेको छ। यतिबेला नै यो महासन्धीलाई देखाएर त्यसकारण निजी क्षेत्रमा पनि प्रवेश गर्यौं भने कति असर पर्छ? प्रवेश गर्दा कहाँ किन आवश्यक पर्यो बाध्यकारी स्पष्ट गरौं। नियमन गर्ने निकाय र व्यवस्था छ तर निजी क्षेत्रमा प्रवेश गर्दा आतकिंत छ, त्यसैले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ।’ 

त्यस्तै रास्वपाकी सांसद चन्दा कार्की भण्डारीले आफूहरूले विरोध प्रदर्शन गरेर न्यायपालिकाको काम, कारबाही प्रभावित गर्न नखोजेको स्पष्ट पारिन्। 

देशको चौथो ठूलो पार्टी, जनताले पत्याएको सभापति थुन्दा स्वस्फूर्त जमातले चिन्ता गर्नु स्वाभाविक रहेको उनको भनाई छ। 

उनले भनिन्,‘रास्वपाले न्यायपालिका प्रभावित गर्न खोजेको होइन। देशको चौथो ठूलो पार्टी जनताले पत्याएको सभापति थुन्दा स्वस्फूर्त जमातले चिन्ता गर्नु स्वाभाविक हो।’

प्रकाशित मिति: : 2024-10-28 15:52:00

प्रतिकृया दिनुहोस्