साफ वुमन्स च्याम्पियनसिप: रंगशालामा तनावै-तनाव

साफ वुमन्स च्याम्पियनसिपको नेपाल र भारतबीच भइरहेकाे सेमिफाइनल खेलमा तनाव उत्पन्न भएकाे छ। 

रेफ्रीले राताे कार्ड दिएपछि नेपालकी खेलाडी रेखा पौडेल मैदान बाहिर गइन्। त्यसपछि भारतले नेपाल विरुद्ध एक गोल गर्‍यो। खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी थिइन्। 

त्यसलगत्तै नेपाली खेलाडीले पनि एक गाेल गरे। तर त्यसलाई रेफ्रीले मान्यता नदिएपछि मैदानमा तनाव भएकाे हाे। अहिले दुबै टिमका समूह र रेफ्रीहरूबीच विवाद चलिरहेकाे छ। खचाखच दर्शकहरूले हाेहल्ला गरिरहेका छन्। 

बल अगाडी बढाउन रेफ्रीले संकेत गरेपछि नेपाली खेलाडीले गाेल गरेका थिए। तर पनि गाेल नदिएपछि विवाद भएकाे हाे। 

प्रकाशित मिति: : 2024-10-27 20:22:00

प्रतिकृया दिनुहोस्