ललितपुर महानगरले सञ्चालनमा ल्यायाे ‘युनिसोलार साओर स्टेशन’

Break n Links
Break n Links

ललितपुर महानगरपालिकाले ‘युनिसोलार साओर स्टेशन’ सञ्चालनमा ल्याएको छ।

ललितपुर–३ स्थित ठाडोढुंगामा एकसाथ छ जनाले ताताेपानीले नुहाउन सकिने गरी उक्त स्टेशन सञ्चालनमा ल्याइएकाे हाे। 

चिनियाँहरूले गरेको एक सर्वेक्षण अनुसार उक्त कक्षमा नुहाउनका लागि प्रतिव्यक्ति ८० रुपैयाँ ताेकिएकाे छ। तर वडाबासीहरूका लागि भने साे रकम आधा रकम वडाले व्यहोर्ने भएकाे छ। 

अहिलेसम्म शुल्कबारे निर्णय नभएकाे बताउँदै वडाध्यक्ष श्रीगोपाल महर्जनले भने, ‘यस विषयमा औपचारिक निर्णय भएको छैन। शुल्कको विषयमा निर्णय नभएसम्म निशुल्क हाउन दिइरहेका छौं।’ 

युनिसोलार नेपाल प्रा.लिको प्राविधिक सहयोगमा तयार भएकाे स्नान कक्ष बनाउन नेपालस्थित युनान व्यापारिक प्रतिनिधित्व कार्यालयले आर्थिक सहयोग प्रदान गरेको छ। 

शुक्रबार आयोजित एक समारोहकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्नान गृहकाे शुभारम्भ गरेका थिए। भने नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले वडाअध्यक्ष महर्जनलाई भवन हस्तान्तरण गरेका थिए। 

वडाले सञ्चालन गर्दै आएको जनहितका कार्यक्रमलाई मध्यनजर गरेर उक्त गृह स्थापना गरिएकाे राजदूत वाङले बताएका थिए। समाज र राष्ट्रको परिर्वतन सानातिनाकामबाटै हुने राजदूत वाङको विश्वास रहेकाे छ। 

वडाअध्यक्ष महर्जनले नेपाल र चीनबीच सयौं वर्ष पुरानो जनस्तर र दुई देशबीचको कुटनीतिक सम्बन्धको एउटा ज्वलन्त प्रमाण साेही स्टेशन रहेको बताउँदै भवन निरन्तर सञ्चालन गर्ने र त्यसलाई बचाई राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। स–साना कार्य राम्राे गरेरै समाजको परिर्वतन हुने वडाअध्यक्ष महर्जनको भनाइ थियाे। 

यसअघि वडा–३ ले व्यावसायिक तालिम केन्द्र सञ्चालनमा ल्याएको थियो। विपन्न तथा असहाय, एकल महिलाको सन्तान अनि सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राका लागि भत्ता प्रदान गर्दै आएको छ।

दीर्घ रोगीहरूलाई एक महिनाको लागि १० हजारसम्मको औषधि, १० हजार बराबर उपचार खर्च र ७५ वर्ष नाघेका जेष्ठ नागरिकको जन्मदिन मनाउन प्रतिव्यक्ति १ हजार रुपैयाँ प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: : 2024-10-27 15:52:00

प्रतिकृया दिनुहोस्