रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेको पुष्टि भयो: स्वर्णिम वाग्ले

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राजनीतिक प्रतिशोधको साँधेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएको छ।

बिहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले लामिछानेमाथि राजनीतिक प्रतिशोध पुष्टि भएको बताए।

डा. वाग्लेले लामिछानेलाई १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै प्रतिशोधले पक्राउ गरेको पुष्टि भएको बताए।

उनले भने, ‘सरकारले मानमर्दन गर्ने, अपमान गर्ने शैलीमा सरकार प्रस्तुत भएको छ, यसको एउटै मकसद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ। राजनीतिक प्रतिशोधले नै पक्राउ गरेको हिजो साँझसम्मको घटनाक्रमले पुष्टि भएको छ।’

साथै वाग्लेले न्यायलयको गरिमा र आँच पुग्ने कुरामा आफूहरुले कुनै काम नगरेको बताउँदै आफूहरुको प्रश्न राजनीतिक भएको र कार्यपालिकाप्रति भएको बताए।

प्रकाशित मिति: : 2024-10-24 01:42:00

प्रतिकृया दिनुहोस्