सञ्चालनमा आयाे सिन्धुली र रामेछाप जोड्ने बेलिब्रिज

सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ।

असोज दाेस्राे साता बाढीले बगाएपछि बन्द भएकाे पुल निर्माण गरेसँगै मंगलबारबाट सञ्चालनमा आएको हाे।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बेलिव्रिजको शुभारम्भ गरेका हुन्। साथै मन्त्री दाहालले निर्माणमा खटिएका प्राविधिक र नेपाली सेनाको टोलीलाई सम्मान गरेका छन्।

गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोट र रामेछापको मन्थली नगरपालिकाको सेलेघाट जोड्ने खुर्कोट पुल बगाएको थियो।

पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज निर्माण गरेकाे हो। नेपाली सेनाले तीन सातामै सुनकोशी नदीमा एमपिबी (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछाप जिल्लालाई जोडेको थियो। निर्माण सम्पन्न भएपनि पुलको मुखमा ढलान गरिएकाले यातायात सञ्चालन भने भएको थिएन।

बाढीले मन्थली, रामेछापतर्फको एउटा भाग बगाएपछि सडक सम्पर्क पूर्णरुपमा टुटेको थियो।

प्रकाशित मिति: : 2024-10-22 15:50:00

प्रतिकृया दिनुहोस्