बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाेखरामा निषेधाज्ञा तोडेर प्रदर्शन गरेको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीले घोषणा गरेको निषेधित क्षेत्रमै रास्वपाले प्रदर्शन गरेकाे हाे।
प्रशासन कार्यालयले पोखरा महानगरपालिकाकाे शहीदचोक र गैह्रापाटन क्षेत्रमा बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेकाे छ।
पोखरामा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरिएकाे हाे।
तर रास्वपाका नेता-कार्यकर्ताले निषेधाज्ञा तोडेरै प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन्। उक्त क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया