रविविरूद्ध पक्राउ पुर्जी जारी भएपछि सिआइबीकाे टाेली रास्वपाकाे कार्यालयमा

File Photo
File Photo

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सिआइबी)को टाेली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे कार्यालयमा पुगेकाे छ।

रास्वपा सभापति रवि लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएपछि सिआइबीकाे टाेली पार्टी कार्यालय पुगेकाे हाे।

जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा लामिछानेलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुमति दिएसँगै रास्वपा कार्यालयमा प्रहरी तैनाथ भएकाे हाे।

लामिछाने गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक रहँदा सहकारीको रकम अपचलन गरेको भन्दै सहकारी ठगीसम्बन्धी छानबिन विशेष समितिले दोषी ठहर गरेको थियो।

समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो। तीमध्ये जोशीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2024-10-18 18:37:00

प्रतिकृया दिनुहोस्