प्रचण्डले बैठक बाेलाएपछि उत्साहित रास्वपा, आधा दर्जन नेता सहभागी

Break n Links
Break n Links

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाँकेकाे विपक्षी दलहरुकाे बैठकमा संसदकाे चाैथाे दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उत्साहपूर्ण सहभागिता जनाएकाे छ।

एमाले नेतृत्वकाे सरकारले जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेकाे ठहरपछि अध्यक्ष प्रचण्डले आह्वान गरेकाे बैठकमा रास्वपाका आधा दर्जन नेता सहभागी छन्।

बैठकमा सभापति रवि लामिछाने, उप-सभापतिद्वय स्वर्णिम वाग्ले र डाेलप्रसाद अर्याल, नेताहरु शिशिर खनाल, विराजभक्त श्रेष्ठ र सुमना श्रेष्ठ सहभागी छन्।

रास्वपाले यसअघि नै सरकारले विपद् उचित कदम चाल्न नसकेकाे भन्दै संसदकाे विशेष अधिवेसनकाे मागसमेत गरेकाे छ।

सरकारले जनअपेक्षित काम गर्न नसकेकाे, भ्रष्टाचारीहरुकाे संरक्षण गरेकाे र जनतामा आशा जगाउन नसकेकाे रास्वपाकाे ठहर छ। यस्ताेबेला जिम्मेवार दल चुप लागेर बस्न नमिल्ने भएका कारण सिंगाे पार्टी नै सरकारलाई दबाब दिनतर्फ लागेकाे रास्वपाका एक नेताले बताए।

त्यस्तै बैठकमा सत्ता पक्षीय दलका नेता महन्थ ठाकुर पनि सहभागी छन्।

प्रकाशित मिति: : 2024-10-18 11:04:00

प्रतिकृया दिनुहोस्