हलहरुले धमाधम बढाउन थाले ‘१२ गाउँ’ शाे संख्या, क्युएफएक्समा छक्कापञ्जा- ५ पछि पर्‍याे

सर्वाधिक रुचाइएको चलचित्र ‘१२ गाउँ’ले ‘छक्का पञ्जा ५’ले भन्दा धेरै शो पाएको छ।

क्युएफएक्सले आज (मंगलबार)बाट छक्का पञ्जा ५को शो संख्या घटाएर १२ गाउँको बढाएको छ। क्युएफएक्सले छक्का पञ्जा ५ लाई ३१ शो दिएर १२ गाउँलाई ३२ वटा शो प्रदान गरेको छ।

प्रदर्शनको पहिलो दिन छक्का पञ्जा ५ ले भन्दा आधा कम शो पाएको १२ गाउँले निरन्तर शो संख्या बढाउँदै आएको छ।

यो सँगै नेपाली चलचित्रको ब्राण्ड भनिएको छक्का पञ्जा ५ १२ गाउँ भन्दा पछाडि परेको छ।

त्यस्तै वान सिनेमाले पनि छक्का पञ्जा ५ का शो घटाएर १२ गाउँलाई दिएकाे छ।

भने, बिग मुभीले १२ गाउँकाे शाे संख्या बढाएर छक्कापञ्जा ५सँग बराबर गरेकाे छ।

प्रकाशित मिति: : 2024-10-16 07:45:00

प्रतिकृया दिनुहोस्