दसैँ बिदा सकिएपछि पनि सुनसान छ सिंहदरबार (फाेटाे/भिडियाे)

Break n Links
Break n Links

दसैँकाे बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थान लगायतका कार्यालयहरु खुलेका छन्। तर, देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भने सुनसान नै छ।

मंगलबार बिहान ११ बजे सिंहदरबार छिर्दा मन्त्रालयमा छिटपुट्ट मात्र कर्मचारीहरु भेटिए। सिंहदरबारभित्रका सडकहरुमा न्यून मात्रामा सवारी साधन गुडेको देखिन्थ्यो। मन्त्रीका गाडीहरु हुइँकिएपनि कर्मचारीहरुको उपस्थिति न्यून थियो।

फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका मन्त्रालयका ढोका खुलेपनि सबै मन्त्रालयका शाखा वा महाशाखाका कार्यकक्षमा कर्मचारीको उपस्थिति न्यून देखिन्थ्यो।

मानिसहरुको आवतजावत भने बाक्लिएको छ। टाढा घर भएका कर्मचारीहरु काठमाडौं आइनपुगेकाले मन्त्रालयहरु सुनसान रहेको कर्मचारीहरुले बताए।

तर, दसैँमा गाउँ गएकाहरु फर्कन थालेसँगै शहर बजार र सडकमा भने भीडभाड बढेको छ। आवतजावतका लागि सडकहरु असहज भएकाले केही असजिलो भएको छ। दसैँको मुखमा प्राकृतिक विपत्तिका कारण धेरै राजमार्ग एवम् सडकहरु पूर्ण रुपले संचालनमा आइसकेका छैनन्।

भिडियाे :

प्रकाशित मिति: : 2024-10-15 13:52:00

प्रतिकृया दिनुहोस्