शिखर सन्तोषद्वारा सङ्गीतबद्ध ‘कति मिठो हास्यौँ’ गीत सार्वजनिक

शिखर सन्तोषद्वारा सङ्गीतबद्ध ‘कति मिठो हास्यौँ’ गीत र उक्त गीतको म्युजिक भिडियो रिलिज भएको छ।

रञ्जन सुवेदी र भारतीय गायिका साधना सरगमले स्वर दिएको उक्त गीतको रचनाकार विजय सिवाकोटी हुन्।

गीतको भिडियोमा सरोज अधिकारी र इशा उपाध्यायले अभिनय गरेका छन्। भने, भिडियोको कोरियोग्राफी र निर्देशन रामजी लामिछानेले गरेका छन्।

गीतलाई म्युजिक नेपालले रिलिज गरेको हो।

भिडियाे:

प्रकाशित मिति: : 2024-10-11 07:27:00

प्रतिकृया दिनुहोस्