सोमबार, १५ डिसेम्बर २०२५

धवलागिरीमा हराएका पाँच रसियन मृत भेटिए

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

धवलागिरी हिमाल आरोहणका क्रममा हराएका पाँचजना विदेशी आरोही मृत फेला परेका छन्। आइतबार बिहानदेखि उनीहरू सम्पर्कबिहीन थिए। आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका अनुसार उनीहरू सबै रसियन नागरिक थिए। 

उनीहरूलाई खोज्न परिचालित हेलिकोप्टरमार्फत सबैजना मृत फेला परेका हुन्। 

पाँच पर्वतारोही ७ हजार सात सय मिटरबाट खसेर ७ हजार एक सय मिटरमा पुगेर मृत फेला परेको बताइएको हो। मृत्यु हुनेहरूमा अलेक्जेन्डर दुसेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ छन्। 

विश्वकै सातौं अग्लो धवलागिरी हिमालको उचाईं ८ हजार १६७ मिटर छ। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!