सोमबार, १५ डिसेम्बर २०२५

हप्ता दिनभित्र बिपी राजमार्ग सञ्चालनमा आउँछ: गृहमन्त्री

News Image
• • •

गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र बिपी राजमार्ग सुचारु भइसक्ने बताएका छन्। मंगलबार बाढीपहिरो प्रभावित जिल्लाको अवलोकन गर्ने सिन्धुली पुगेका उनले डाइभर्सन (सडक भन्दा अर्को ठाउँ) गरेर राजमार्ग सञ्चालनमा ल्याइने बताए। 

हाल काभ्रेपलाञ्चोकको दुई ठाउँमा बिपी रामार्ग पूर्ण रुपमा बन्द रहेको छ। अन्य खुलेका ठाउँमा पनि एकतर्फीमात्र राजमार्ग सुचारु भएको छ। गृहमन्त्री लेखले बिपीराजमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेनाले काम गरिरहेको जानकारी गराए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!