दसैंमा मासु खाँदै हुनुहुन्छ? ध्यान दिनुस् यी कुरामा!

Break n Links
Break n Links

दसैं सुरू भइसकेकाे छ। र, नेपालीहरूकाे घर–घरमा मासु पाक्न थालिसकेकाे छ। 

तर दसैं हाे भन्दैमा ज्यादा मासु खानु ठिक हुँदैन। यदि शरीरलाई पुग्नेभन्दा धेरै मासु खाइएमा बिमार नै परिन्छ। अझ दीर्घ रोगहरु जस्तै मुटुसम्बन्धी रोग, कोलस्टोर, डाइभेटिज, युरिक एसिड, थाइराड, मृगौलासम्बन्धी रोग हुनेहरुले खानपानमा विशेष सावधानी अपनाउन जरुरी हुन्छ।

अत्याधिक मात्रामा चिल्लो, मसलेदार र रातो मासुका परिकार दसैं–तिहारमा पाक्ने गरेका छन्। जसले बिरामीहरूलाई थप राेगी बनाउँछ। 

स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ।

साधारणतयाः मासु प्रोटिनको राम्रो स्रोत भए पनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रसस्त हुने भएकाले सन्तुलित रूपमा उपभोेग गर्न नसकेमा स्वास्थ्य बिग्रन सकिन्छ। त्यसैले दसैंमा चाहिँदाे मात्रामा मासुकाे सेवन गर्नुपर्छ। 

दसैंमा मासु खाँदा ध्यान दिनुपर्ने कुराहरू–

दसैंमा मासु खाँदा छालाबिनाकाे खानुपर्छ। किनकि छालासहितकाे जनावरको खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ। यसले पनि विभिन्न रोगहरुलाई निम्तो दिन्छ । 

दसैंको परिकारहरूमा मसलाको प्रयोग अत्याधिक हुने गर्छ। चिल्लोसँगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ। मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित हुँदैन। 

दसैं हाे भन्दैमा मासु मात्र खानु ठिक हुँदैन। त्यसैले मासु खाँदा शाकाहारी भोजन पनि सेवन गर्नुपर्छ। त्यसैगरी मासु खानेबित्तिकै आइसक्रिम र दहीका परिकारहरू खानु हुँदैन। 

प्रकाशित मिति: : 2024-10-11 07:39:00

प्रतिकृया दिनुहोस्