५६ वर्षपछि भेटिएका सैनिक शवका कथा...

Photo–IMRAN QURESHI
Photo–IMRAN QURESHI

गत साता पर्वतारोहण टोलीले आरोहणका क्रममा चार शव फेला पारे।

भारतीय सेनाको डोग्रा स्काउट्स र ट्राइकोलर माउन्टेन रेस्क्यू सदस्यहरूको संयुक्त टोलीले समुद्र सतहबाट करिब १६,००० फिटको उचाइमा ढाका ग्लेशियर नजिकै चार सैनिकको शव फेला पारेको थियो।

ती शवहरू थिए–थाेमस चेरियन, नारायण सिंह, मलखान सिंह र मुन्सिरामको।

५६ वर्षदेखि लामाे प्रतीक्षापछि परिवारले बल्ल आफ्नाे मान्छे भेटाएका छन्, त्याे पनि लाश भइरहेकाे। 

उनीहरूलाई यस्ताे लागिरहेकाे छ कि वर्षाैंदेखि बाेकिरहेकाे गह्राे भारी काँधबाट हटेकाे छ।

000

चेरियन मात्र १८ वर्षका थिए। जब उनले उनले आफ्नाे दाइले हिँडेका बाटाे पछ्याए। उनका दाइ सेना थिए। त्यसैले चेरियन पनि दाइबाट प्रभावित भएर सेना भर्ती भएका थिए।

थोमस चेरियनले २२ वर्षको उमेरमा लेहमा आफ्नो पहिलो फिल्ड पोस्टिङ पाएका थिए। उनी भारतीय वायुसेनाको यातायात विमान एएन–१२ मा सवार थिए। उनी एक शिल्पकार थिए।

७ फेब्रुअरी १९६८ मा एएन–१२–बीएल–५३४ विमान हिमाचलको रोहताङ पासमा दुर्घटना भयो। जसमा १०२ जना सैनिक थिए। त्यही दुर्घटनामा परेका थिए चेरियन पनि। 

जब उनकाे दुर्घटना भयाे। तब चेरियनकाे बुबालाई एउटा टेलिग्राम प्राप्त भयाे। त्याे सन्देशमा चेरियन हराएकाे खबर थियाे। त्याे सुन्नासाथ बुबा चिन्तित भए।

कयाैं दिन थाेमस परिवारले छाेराकाे चिन्तामा कयाैं रात रूएर बिताए। तर न छाेरा भेटियाे न त छाेराकाे लास नै।

छाेरा भेटिने आसमा बुबाआमाले कयाैं वर्ष दुखमै बिताए। उनै छाेराकाे वियाेगमा बुबा सन् १९९० र आमा सन् १९९८ मा संसारबाट बिदा भए। त्यहीपनि चेरियनकाे कुनै खबर पाइएनन्।

सन् २००३ सालमा परिवारलाई बताइयाे कि चेरियनकाे नाम बेपत्ताकाे सूचीबाट मृतककाे सूचीमा राखियाे। किनभने पर्वतारोहण टोलीले एक सैनिकको शव फेला पारेको थियो। तर अपसाेच कि त्याे शव चेरियन थिएन।

त्याे शव सिपाही बेली रामको भएको पुष्टि भएकाे थियाे। तर यसले थप शव फेला पार्ने आशा भने पलाएकाे थियाे।

तर चार वर्षपछि भारतीय सेनाले खोजी अभियानका क्रममा थप तीन जनाको शव फेला पार्याे।

२०१८ सालमा, पर्वतारोहण टोलीले ढाका ग्लेशियर आधार शिविरमा अर्को शव फेला पार्यो र त्यसपछि अर्को वर्ष, विमानको भग्नावशेष पनि भेटियो।

यी सबै प्रयासहरूले यस क्षेत्रमा थप शवहरू फेला पार्न सक्ने सम्भावनालाई बलियो बनाएकाे थियाे। 

र, शवहरूकै खाेजीकाे क्रममा १६ हजार फिटको उचाइमा एउटै हिमनदीमा चेरियन, नारायण सिंह, मलखान सिंह र मुन्सिरामको शव भेटिएको थियो।

यद्यपी सेना र टीएमआर टोलीले शव त्यही ठाउँमा भएको पहिलो सङ्केत कसरी पायो भन्ने स्पष्ट भएको छैन।

कसरी चिनियाे चेनियनकाे शव?

खासमा, थाेमसकाे परिवारलाई जानकारी दिइरहेकाे थियाे कि चेरियनकाे खाेजी हुँदैछ। त्यसैले पनि उनकाे शव भेटेपछि परिवारलाई बताइएकाे थियाे।

केही दिनअघि स्थानीय प्रहरी चौकीले पहिलोपटक चेरियनको शव फेला परेको परिवारलाई जानकारी दिँदा परिवारका सदस्यले त्यसलाई गम्भीरतापूर्वक लिएनन्। किनकी उनीहरूलाई विश्वास लागेकै थिएन कि चेरियनकाे शव फेला पर्छ भनेर।

तर जब सेनाले नै त्याे कुराकाे पुष्टि गर्‍यो। त्यसपछि थाेमस परिवारलाई धेरै वर्षको तनावपछि मुक्ति पाएको महसुस भयाे।

उनकाे शवलाई चिन्न त्यति सहज थिएन। तर उनको युनिफर्ममा ‘थाेमस सी’ लेखिएकाे कारण उनकाे पहिचान भयाे। र, उनीसँग भएका कागजातहरू पनि उनकाे पहिचान खुलाएकाे थियाे। 

एकदिन अघि मात्र तिरुवनन्तपुरम एयरपोर्टमा मन्त्रीहरू र उच्च सेनाका अधिकारीहरूका साथमा परिवारले चेरियानको कफिनलाई स्वागत गरे। 

उनको गाउँको चर्चमा बिहीबार दिउँसो अन्त्येष्टि गरिएको हो। तर अन्त्येष्टि अघि राष्ट्रिय झण्डामा बेरिएको कफिनमा सिल राखिएको थियो।

सेनामा विश्वास कायमै

चेरियन परिवारले जवान छाेरा गुमाए। त्यहीपनि सेनाप्रतिकाे विश्वास अझैपनि कायमै छ। 
 
थाेमसका भाइका अनुसार जेठा दाइले आमाको हेरचाह गर्नका लागि सेना छाेडेका थिए। उनकाे स्वास्थ्य ठीक थिएन। 

तर अझैपनि चेरियन परिवारकाे सेना वा वायुसेनामा विश्वास कायमै छ। त्यसैले त उनकाे तेस्रो पुस्ता पनि सेनामा कार्यरत छन्।

नारायण सिंहकी श्रीमतीले गरिन् ‘इन्तजार’

चार शवमध्ये एक थिए, नारायण सिंह विष्ट। उनकाे शव पनि उत्तराखण्डको चमोली जिल्लाको थरली ब्लकमा रहेको कोलपुडी गाउँमा पुगेको छ।

उनको गत असोज ३ गते गृहनगरमा अन्तिम संस्कार गरिएको थियो।

उनी आमाबुवाको एक्लो सन्तान थिए। १५ वर्षको उमेरमा सन् १९६२ मा बसन्ती देवीसँग नारायणकाे विवाह भएकाे थियाे।

तर सन् १९६८ मा नारायण सिंह विमान दुर्घटनाको शिकार भए पनि उनको शव फेला परेकाे थिएन।

बसन्तदेवीकाे आसा थियाे कि उनकाे श्रीमान एकिदन पक्कै फर्किएर आउनेछ। समय बित्दै जाँदा त्यो आसा पनि समाप्त भयो।

करिब आठ वर्षपछि नारायण सिंहको घर फर्किने आसा छाडेका परिवारले नारायण सिंहका काकाका भाइ भवन सिंहलाई धर्मपुत्र मानेर श्रीमती बसन्तीदेवीसँग नारायण सिंहको घरमा बस्न दिए। त्यहीपनि बिना विवाह नै।

त्यसपछि बसन्तीदेवी र भवन सिंहका दुई छोरा र पाँच छोरी भए।  जसमध्ये एक हुन् कोलपुडी गाउँपालिकाका मुखिया जयवीर सिंह। नाताले उनी नारायण सिंहका भतिजा पर्छन्।

जयवीरले भने, ‘नारायण सिंह जिउँदै हुनुहुन्थ्यो भने उहाँ मेरो बुबा हुनुहुन्थ्यो। अब उहाँ यो संसारमा हुनुभएन। त्यसैले उहाँ मेराे डुलाे बुबा पर्नुभयाे।’

आमा बसन्तीदेवीले श्रीमान् नारायण सिंह आर्मीमा तैनाथ भएको बताउने गर्थिन् छाेराछाेरीसँग। वर्षमा एक पटक घर आउने र प्रायः चिठीबाट मात्रै आफ्नो स्वास्थ्यको बारेमा बताउँथे।

एक पटक सेनाबाट अंग्रेजीमा टेलिग्राम आयो। र, विमान दुर्घटनामा नारायण सिंह बेपत्ता भएको जानकारी गराइयाे। तर अपसाेच कि श्रीमानकाे मृत्यु भएपनि बसन्तदेवीले कुनै सुविधा पाइनन्। 

बसन्तदेवीकाे २०११ मा निधन भयाे। र, उनका दाेस्राे श्रीमानकाे पनि २०१८ सालमा मृत्यु भयाे। तर जयवीरसँग ठुलाे बुबा अर्थात् नारायणकाे कुनै तस्बिर नै छैन।

कसरी भएकाे थियाे दुर्घटना? 

फेब्रुअरी ७, १९६८ मा भारतीय वायुसेनाको एएन-१२-बीएल-५३४ विमान चण्डीगढबाट लेहको लागि उडेको थियो।

भारतीय सेनाका सिपाहीहरू विमागमा सवार थिए तर बीचमा विमान रोहताङ पासमा दुर्घटनाग्रस्त भयो। विमानमा सवार सबै १०२ सैनिक मारिए।

लेफ्टिनेन्ट कर्नल मनीष श्रीवास्तव, पीआरओ डिफेन्स देहरादूनले भने,  ‘त्यो विमानमा जम्मा १०२ जना सवार थिए, जसमा ९८ सैनिक र चार चालक दलका सदस्य थिए।’ 

त्यो विमान लेहमा अवतरण गर्ने थियो तर लेहको खराब मौसमका कारण विमान त्यहाँ अवतरण हुन सकेन, जसलाई ध्यानमा राखेर विमानलाई चण्डीगढतर्फ ल्याइँदै थियो।

उनका अनुसार चण्डीगढ फर्कने क्रममा मौसम खराब भएकाले रोहताङ नजिकै विमान दुर्घटना भएको थियो। यो विमान बेपत्ता हुँदा विमान ‘शत्रु देश’ को भूभागमा अवतरण गरेको हुनसक्ने विषयमा केही बहस भएको थियो।

लेफ्टिनेन्ट कर्णेल मनिष श्रीवास्तवले भने, ‘विमानको भग्नावशेष सन् २००३ मा अटल बिहारी पर्वतारोहण संस्थानले फेला पारेको थियो।’ 

वास्तवमा ‘चन्द्रभागा १३’ मा चढेको पर्वतारोहण टोलीले अचानक ढाका ग्लेशियर नजिकै विमानको भग्नावशेष देख्यो।

‘आरोहीले सोही ठाउँमा परिचयपत्र पनि फेला पारेको थियाे,’ उनले भने। यो टोली अटल बिहारी पर्वतारोहण संस्थानको टोली थियो। त्यसपछि यो भग्नावशेष एएन–१२–बीएल–५३४ विमानको मात्र भएको मानिएको थियो।

कर्णेल मनिष श्रीवास्तवका अनुसार भारतीय सेनाले गढवाल स्काउट्सको नेतृत्वमा त्यहाँबाट सैनिकहरूलाई हटाउन धेरै अपरेशनहरू सञ्चालन गरेको थियो। यसपछि सन् २००५, २००६, २०१३ र २०१९ मा पनि सर्च अपरेशन गरिएको थियो।

सन् २०१९ मा पनि पाँच सैनिकको शव भेटिएको थियो। त्यसयता डोगरा स्काउटको बटालियनले सिपाहीहरूको खोजी गर्न निरन्तर अभियान चलाएको छ। त्यसपछि यस वर्ष सेप्टेम्बर २९ मा चार सैनिकको शव भेटिएको थियो।

लेफ्टिनेन्ट कर्णेल मनिष श्रीवास्तव भन्छन् कि सेनाको सिद्धान्त भनेकाे आफ्ना साथीहरूलाई कहिल्यै बिर्सनुहुन्न र उनीहरूलाई छोड्नुहुन्न। 

बिबिसीकाे सहयाेगमा

प्रकाशित मिति: : 2024-10-05 08:00:00

प्रतिकृया दिनुहोस्