बिएल संवाददाता
एभ्रेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभिएल) मा चितवन शक्तिले पहिलो हार बेहोरेको छ। चितवनले काठमाडौँ स्पाइकर्ससँग ३–१ ले पराजय बेहोरेको हो।
राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा चितवनले पहिलो हार बेहोरेको हो। काठमाडौँले चितवनलाई २१–२५, २५–१०, २५–२२ र २५– १७ ले हरायो।
पहिलो सेटमा जित निकालेको चितवन पछिल्ला तिन सेटमा भने टिममा तालमेल मिल्न नसक्दा कमजोर देखियो।
पहिलो सेटमा सुरुवाती अग्रता बनाएको काठमाडौँले बिचमा मोमेन्टम बिग्रान पुग्यो। जसको फाइदा चितवनले उठायो। पहिलो सेटको बिचमा पुग्दा चितवनले १५–१० ले अग्रता बनायो। काठमाडौँले पछ्याउँदै १९–२१ को अवस्था बनायो। पहिलो सेट भने चितवनले २५–२१ ले आफ्नो पक्षमा पार्यो।
दोस्रो सेटमा पनि काठमाडौँले ८–४ ले अग्रता बनायो। सुरुवाती अग्रतालाई निरन्तरता फराकिलो जित निकाल्दै २५–१० ले जित निकाल्यो।
तेस्रो सेटको सुरुुवातमा चितवनले मोमेन्टम समात्न नसकेको जस्तो लिन सकेन। काठमाडौँले दोस्रो सेट जस्तै उत्कृष्ट लयसँगै तेस्रो सेट पनि जित्यो। काठमाडौँले २५–२२ मा सेट जित्यो।
चौथो सेटमा पनि चितवनमाथि दबदबा बनाउँदै काठमाडौँले जित निकालेको हो।
आज काठमाडौँको खेलमा निकै सुधार देखियो। चितवन भने पहिलो खेलमा गण्डकीसँग जस्तो खेल्न सकेन। जसको फलस्वरुप काठमाडौँले आजको खेल जितेको हो। चौथो सेटमा २५–१७ हराउँदै काठमाडौँले पहिलो जित हात पारेको छ।
चितवनले आफ्नो तेस्रो खेल भोलि (बुधबार) मधेश युनाइटेडसँग खेल्नेछ। चितवन भोलिको खेलमा आज भन्दा राम्रो प्रदर्शनसहित जितको खोजीमा मैदान उत्रिनेछ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया