बाढी–पहिरोमा मृत्यु हुनेको संख्या २०० पुग्यो

Break n Links
Break n Links

तीन दिनको अविलर वर्षापछि आएको बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या २०० पुगेको छ। नेपाल प्रहरीका अनुसार सोमबार साढे ३ बजेसम्म बाढी–पहिरोमा मृत्यु हुनेकाे संख्यामा २०० पुगेको हो। 

सोमबार बिहानसम्म १९२ जनाको मृत्यु भएको थियो। बाढी–पहिरोमा अझै २६ जना बेपत्ता रहेका छन्। हालसम्म ४ हजार २२२ जनाको प्रहरीले उद्धार गरेको छ। 

बाढी–पहिरोमा १२७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।  ठाउँ–ठाउँमा अहिले पनि बाढी–पहिरोमा  बेपत्ता भएको खोजीकार्य भइरहेको छ। 

दुई दर्जन सडकहरू अवरुद्ध भएका छन्। 

प्रकाशित मिति: : 2024-09-30 18:16:00

प्रतिकृया दिनुहोस्