अत्यावश्यक सवारीलाई नागढुंगा सुरुङमार्ग प्रयोग गर्न दिइयो

काठमाडौँ जोड्नका लागि पहिरोले सबै सडक अवरुद्ध भए पछि धादिङमा अलपत्र परेका अत्यावश्यक सवारी सधानलाई नागढुंगा सुरुङ मार्गबाट प्रयोग गर्न दिइएको छ। 

सुरुङमार्गमाथि आएको पहिरो हटाउन समय लाग्ने भएकाले केही समयलाई सुरुङ मार्गमा प्रयोग गर्न दिइएको हो।  

सुरुङ मार्गबाट काठमाडौँ भित्रिने दूध बाकेको ट्याङ्कर, कुखुरा बाकेको गाडीलाई प्रवेश दिएको छ भने एम्बुलेन्सलाई दुईतर्फीबाट प्रवेश गर्न दिएको छ।

प्रकाशित मिति: : 2024-09-29 10:42:00

प्रतिकृया दिनुहोस्