चाडपर्व लक्षित सुरक्षा योजना: उपत्यकामा ३ हजार बढी प्रहरी परिचालन, ड्रोन क्यामेरामार्फत निगरानी

File Photo
File Photo

काठमाडौँ प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दसैँ, तिहार र छठ पर्व लक्षित गरी सुरक्षा योजना सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले चाडपर्वलक्षित सुरक्षाका क्षेत्रहरु पहिचान गरेको उल्लेख गर्दै जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने बताएका छन्।

‘जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने  अपराधको न्यूनीकरण गर्ने, अपराधीलाई कारबाहीको दायारामा ल्याउने, साधन स्रोतको दुरुस्त तथा प्रभावकारी तरिकाले परिचालन गर्ने उद्देश्य छ। हाम्रो लक्ष्यमा दसैँ, तिहार र छठ पर्वमा शान्ती सुरक्षालाई सुदृढ तुल्याई काठमाडौँ उपत्यकाको जीवनलाई सहज र सरल बनाउने लक्ष्य हो’, उनले भने।

जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने भन्दै उनले भने, ‘अपराधको न्यूनीकरण गर्ने, अपराधीलाई कारबाहीको दायारामा ल्याउने, साधन स्रोतको दुरुस्त तथा प्रभावकारी तरिकाले परिचालन गर्ने उद्देश्य छ। यसका लागि सुरक्षाका क्षेत्रहरु पहिचान गरेका छौं। त्यस्ता क्षेत्रहरुमा स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरु, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरु, व्यक्तिहरुको खाली रहेको घर, सरकारी कार्यालय, भिडभाड हुने बजारहरु रहेका छन्।’

चाडवाडमा लुटपाट, चोरीडकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली, बजारमा वस्तुको कृतिम अभावजस्ता अपराध हुनसक्ने प्रहरीको आंकलन छ।

यस्ता अपराधिक घटनाहरु न्यूनीकरणका लागि उपत्यकामा तीन हजार सात सय ६५ जना प्रहरी परिचालन गरिने रजौरेले बताए।

हरेक दिन काठमाडौं उपत्यका भित्रिने नाकाहरुमा कुकुरसहित चेकजाँच गरिने प्रहरीको याेजना छ। त्यसैगरी ड्रोन क्यामेरामार्फत पनि निगरानी गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2024-09-27 13:44:00

प्रतिकृया दिनुहोस्