बिएल संवाददाता
आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा मंगलबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ।
मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ।
क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई हारको श्रृंखला तोड्न ओमानलाई हराउनैपर्ने दबाब छ।
नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ।
पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो। दास्रो खेलमा ओमानविरुद्ध १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु टोलीविरुद्ध ५ विकेटको हार बेहोरेको थियो।
क्यानडासँग टस जिजेर पहिला ब्याटिङ गर्ने निर्णय नेपालका लागि गलत सावित भएको थियो।
घरेलु सिरिजमा गरेको खराब प्रदर्शन र क्यानडा भ्रमणमा पनि सोही गल्ती दोहो¥याएपछि लिग २ मा नेपालका लागि चुनौती थपिएको छ।
नेपाललाई लिग–२ को शीर्ष ४ मा अटाउन यसै खेल मार्फत पुनरागमन गर्नु पर्ने आवश्यकता छ। किङ्ग सिटीको पिच फास्ट बलरका लागि अनुकूल छ। तर नेपालको फास्ट बलिङ र ब्याटिङ चल्न सकेको छैन।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया