सोमबार, १५ डिसेम्बर २०२५

मेलम्ची भ्रष्टाचारमा दोषीलाई आठ वर्ष कैद

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
Break n Links
• • •

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मुछिएकाहरूलाई विशेष अदालतले कैद सजाय सुनाएको छ। अदालतले आयोजनाका तत्कालीन अध्यक्ष गजेन्द्रकुमार ठाकुरसहित चारजनालाई आठ वर्षको कैद र बिगो सहित जरिवाना सुनाएको हो। 

दुई सातअघि विशेष अदालतले परामर्शदाता कम्पनीसहति चारजनालाई दोषी ठहर गरेको थियो। त्यसबेला पूर्वसचिव भीम उपाध्यक्ष, सञ्जय शर्मा, बहालवाला सहसचिव रुद्रसिंह तामाङलगायत ११ जनालाई अदालतले सफाइ दिएको थियो। 

विशेष अदालतले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष गजेन्द्रकुमार ठाकुर र समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले असुलउपर गर्नुपर्ने रकम असुलउपर नगरेको अभियोगमा दोषी ठहर गरेको थियाे। 

सोही मुद्दामा खानेपानी विकास समितिको कार्यकारी निर्देशक तथा लेखा उत्तरदायी अधिकारीसमेत रहेका रामचन्द्र देवकोटालाई भुक्तानी प्रक्रियामा संलग्न देखिएकोमा अदालतले कसुरदार ठहर गरेको थियाे। परामर्शदाता कम्पनी इप्टिसा जेभीका टिम लिडर शिवकुमार शर्मालाई भेरिएसन स्वीकृत नहुँदै भुक्तानीका लागि सिफारिस गरेको भन्दै अदालतले दोषी ठहर गरेकाे थियाे। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!