छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

साेमबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

उनलाई आइतबार काठमाडौँमा पक्राउ गरेर राति पोखरा लगिएको थियो। जोशी विदेश जाने तयारी गरेको सूचनाको आधारमा जरुरी पक्राउ पुर्जी दिएर काठमाडौंबाट पक्राउ गरिएको हो।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित गोरखा मिडियाका सञ्चालक जीबी राई, कुमार रम्तेल र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई नाम किटान गरेर कारबाही गर्न निर्देशन दिएको थियो।

प्रकाशित मिति: : 2024-09-23 16:35:00

प्रतिकृया दिनुहोस्