सोमबार, १५ डिसेम्बर २०२५

संसदीय सुनुवाइ समितिको बैठक स्थगित

News Image
• • •

प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ।

आइतबार बिहान ११ बजेका लागि समितिको बैठक डाकिएको थियो तर अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ।

गत महिना सरकारले भारत र चीनसहित विभिन्न १७ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो। सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो। तीमध्ये एक जनाको नाम सरकारले फिर्ता लिएको थियो। सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो।

यसअघि सुनुवाइ गरेको समितिले आज निर्णय गर्ने कार्यसूची रहेको थियो। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!