बिएल संवाददाता
बागलुङमा बोलेरो जिप दुर्घटनामा परी रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढा मगरको मृत्यु भएको छ। अन्य थप दुई जना मृतकको भने परिचय खुलेको छैन।
बागलुङको गलकोट गाउँपालिका–२ भुङखानीस्थित मध्यपहाडी लोकमार्गमा बुढामगरलगायत चढेको रा १ झ २०० नम्बरको सरकारकी गाडी दुर्घटना भएको थियो। दुर्घटनामा अन्य एक महिला र पुरुषको मृत्यु भएको भए पनि शनाखत हुन बाँकी रहेको छ।
एक जना घइते पुरुषको भने उद्धार गरेर धौलागिरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी इन्स्पेक्टर प्रताप पौडेलले जानकारी दिए।
गाडी कतिबेला दुर्घटना परेको भन्ने खुलेको छैन। राती दुर्घटनामा परेको र शुक्रबार (आज)बिहान मात्र स्थानीयले भीरमा शव अड्किएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले ८ बजेपछि खबर पाएको थियो। जिप भीरबाट ३०० मिटर तल खसेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया