बिएल संवाददाता
बागलुङमा बोलेरो जिप दुर्घटनामा परी रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढा मगरको मृत्यु भएको छ। अन्य थप दुई जना मृतकको भने परिचय खुलेको छैन।
बागलुङको गलकोट गाउँपालिका–२ भुङखानीस्थित मध्यपहाडी लोकमार्गमा बुढामगरलगायत चढेको रा १ झ २०० नम्बरको सरकारकी गाडी दुर्घटना भएको थियो। दुर्घटनामा अन्य एक महिला र पुरुषको मृत्यु भएको भए पनि शनाखत हुन बाँकी रहेको छ।
एक जना घइते पुरुषको भने उद्धार गरेर धौलागिरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी इन्स्पेक्टर प्रताप पौडेलले जानकारी दिए।
गाडी कतिबेला दुर्घटना परेको भन्ने खुलेको छैन। राती दुर्घटनामा परेको र शुक्रबार (आज)बिहान मात्र स्थानीयले भीरमा शव अड्किएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले ८ बजेपछि खबर पाएको थियो। जिप भीरबाट ३०० मिटर तल खसेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया