सोमबार, १५ डिसेम्बर २०२५

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
Break n Links
• • •

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओमा नियुक्त गरेको बताइएको छ।

आवेदकहरू ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादवमध्ये छानिएका तीन जनाबाट उनलाई क्याबिनेटले निर्णय गरेको हो।

ज्ञवालीको सट्टा चार वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै सुशिल भट्टलाई नियुक्त गरेको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!