उपसभामुखलाई हटाएर ओलीले फेरि अर्को जघन्य अपराध गर्दै छन्: अधिवक्ता डा. शाह (भिडियो)

कमल विक

काठमाडौं
Break n Links
Break n Links

अधिवक्ता डा. महेन्द्रजंग शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन खोज्नु अर्काे जघन्य अपराध भएकाे बताएका छन्।

संसदमा चर्किरहेकाे उपसभामुख रानाकाे राजीनामाकाे विषयमा बिएल नेपाली सेवासँग कुराकानी गर्दै अधिवक्ता शाहले यस्ताे बताएका हुन्।

‘उपसभामुखले गल्ती गर्नुभएकाे छैन भन्ने हाेइन, उहाँ पनि चुक्नुभएकाे छ’, अधिवक्ता शाहले भने, ‘तर, ओलीले अहिले जुन प्रतिशाेधपूर्ण तरिकाले उहाँलाई हटाउन खाेजेका छन्, त्याे संघीय अभ्यासअनुसार भएन। याे विषय संसदले गर्ने कुरा नै हाेइन, प्रधानमन्त्री ओलीले फेरि अर्काे जघन्य अपराध गर्दै हुनुहुन्छ।’

अधिवक्ता शाहले याे विषयमा दुवै पक्ष गलत देखिएकाे बताउँदै दुवै पक्षले आत्म-समीक्षा गरेर आगामी दिनमा यस्ताे गल्ती नगर्नु उपयुक्त हुने बताए।

भिडियाे:

प्रकाशित मिति: : 2024-09-11 18:08:00

प्रतिकृया दिनुहोस्