मदनकृष्ण श्रेष्ठकाे आतिथ्यमा नेपाल भाषाकाे ‘छंगु ल्यूल्यू’ गीत सार्वजनिक

लोकप्रिय गायक अमर चित्रकार र सरीता महर्जनको नेपाल भाषाको ‘छंगु ल्यूल्यू’ गीत सार्वजनिक भएकाे छ। 

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको उक्त गीतका संगीतकार एवं संगीत संयोजक भूपेन्द्र बज्राचार्य तथा रेकर्डिष्ट फिरोज बज्राचार्य हुन्। 

ज्योति रेकर्डसमा रेकर्डिङ भएको उक्त गीत सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियाे।  

गायिका सरीता महर्जनले दोसल्ला ओढाई सम्मान गर्ने क्रममा आरबी डायमण्ड ज्वेलरीका सिइओ रिकेन महर्जनले मायाको चिनो प्रदान गरेकी थिइन्। 

यही कार्यक्रममा लोकगायक रत्न बेहोशी बज्राचार्य तथा ललितपुर महानगरपालिका १६ अध्यक्ष निर्मलरत्न शाक्यको आतिथ्य उपस्थिति रहेको थियाे। 

आरबी जेम एण्ड ज्वेलरी इण्डष्ट्रिज् प्रा.लिकी निर्देशक रिजु महर्जनको सभापतित्वमा सम्पन्न समारोहमा गीत तथा म्यूजिक भिडियो निर्माण सक्रिय योगदान गर्ने सम्पूर्णलाई मायाको चिनो प्रदान गरिएको थियाे। 

यस म्यूजिक भिडियोका निर्देशक रवि सायमि, कोरियोग्राफर कृष्णभक्त महर्जन, छायाँकन, सम्पादन तथा रंग संयोजन अमर चित्रकारले गरेका हुन् भने मनोज महर्जन, नेरिसा महर्जन, कृष्णभक्त महर्जन, निश्चल भुजेल, सुब्रिना चित्रकार लगायत कलाकारहरुको अभिनय रहेको छ।

म्यूजिक भिडियोमा श्रृंगार सनमकुमार श्रेष्ठ र विमला सापकोटाले गरेकाे हो भने पोष्ट प्रोडक्सनको जिम्मेवारी सुभाष काफ्लेले वहन गरेका हुन्।

 

प्रकाशित मिति: : 2024-09-08 12:18:00

प्रतिकृया दिनुहोस्