‘धेरै ब्याज खानेहरू सहकारीविरुद्ध आन्दोलन गरिरहेका छन्’ (भिडियाे)

Break n Links
Break n Links

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले धेरै ब्याज खानेहरूले सहकारीविरुद्ध आन्दोलन गरिरहेकाे आराेप लगाएका छन्।

बुधबार नेपाल सहकारी पत्रकार समाजको स्थापना दिवको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले भने, ‘सहकारीविरुद्ध आन्दोलन भइरहेका छन्। यस्ता आन्दोलनमा बैंकबाट पैसा लिएर बढी ब्याज खाने मान्छेहरू अहिले सडकमा देखिएका छन्।’

उनले अहिलेको वास्तविक आधारमा सहकारी सञ्चालन गर्नको निम्ति ऐनमा सुधार गरेर सहजीकरण र परिणाममुखी बनाउने सुझाव दिनुपर्ने ठाउँमा सहकारी जति सबै खराब हुन् भन्ने गलत ट्रेन्ड चलिरहेको बताए।

मन्त्री अधिकारीले भने, ‘अहिले सहकारीप्रति विभिन्न किसिमका होहल्ला फिजाउने काम भएका छन्। कतिपय कुराहरु हामी नयाँ परिवर्तनमा आएका छौँ। ऐनमा यो कुरा मिलेन अहिलेको वास्तविक आधारमा सहकारी सञ्चालन गर्नको निम्ति यो कुरा ऐनमा मिलेन, सुधारेर जानुपर्यो भन्नुपर्यो, तर ती कुराहरुलाई सुझावको रुपमा सहजिकरणको रुपमा र परिणाममुखी बनाउने रुपमा भन्दा सहकारी भनेको सबै खराब हुन् भन्ने ट्रेन्ड चलिरहेको छ।’

उनले सरकारले सहकारीका समस्या समाधान गर्नका लागि सहकारीभित्र काम गर्ने अगुवाहरुको सुझाव र पीडित जनताहरुको सुझाव लिएर नै काम अगाडि बढाइरहेको बताए।

‘हामीले सहकारीका समस्या समाधान गर्नका लागि अहिले देखिएका सहकारीभित्र काम गर्ने अगुवाहरुको सुझाव र पीडित जनताहरुको सुझाव लिएर नै काम अगाडि बढाइरहेका छौँ’, मन्त्री अधिकारीले भने।

उनले काम गर्न खोज्दा खोज्दै पनि सीमित स्राेत र साधनको कारण काममा ढिलाई हुने गरेको गुनासोसमेत गरे। 

प्रकाशित मिति: : 2024-09-04 16:49:00

प्रतिकृया दिनुहोस्