गोकर्णेश्वरमा दिवंगत बुबाप्रति श्रद्धा प्रकट गर्नेको घुइँचो (तस्बिरहरू)

Break n Links
Break n Links

आज भाद्र कृष्ण औंसी, कुशे औंसी पर्व अर्थात् बुवाको मुख हेर्ने दिन। बुबाप्रति सम्मान प्रकट गर्दै पर्व मनाइँदैछ। त्यस्तै आजकै दिन घरघरमा पवित्र कुश पनि भित्र्याइन्छ।

आजको विशेष दिनमा काठमाडौंको गोकर्णमा मेला लाग्ने गर्छ। उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनमा विशेष मेला लागेको छ।

यसैले आजको औंशीलाई गोकर्णे औंशीका नामले पनि चिनिन्छ। आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको छ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाइ आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ। बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ। दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ छ। दान दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ।

प्रकाशित मिति: : 2024-09-02 08:58:00

प्रतिकृया दिनुहोस्