एक्लोपनको सिकार बन्दै जापानी नागरिक, ६ महिनामै ३७ हजारले गुमाए ज्यान (भिडियाे)

Break n Links
Break n Links

नेपाली युवाहरूले भविष्य खोजिरहेको जापानबाट एउटा डरलाग्दो तथ्य बाहिरिएको छ।

जापान प्रहरीले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार जापानमा ६ महिनामा ३७ हजार २ सय २७ जना आफ्नै घरमा, त्यो पनि एक्लै मृत अवस्थामा फेला परेका छन्।

मृत फेला पर्नेमा करिब ४० प्रतिशत मानिसको शव एकै दिनमा फेला परेको थियो। यस्तै ३ हजार ३ सय ९३ जनाको शव एक महिनापछि मात्र फेला परेको र १ सय ३० जनाको शव एक वर्षपछि फेला परेको जापान प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले लेखेको छ।

मृतकमध्ये ७० प्रतिशतभन्दा धेरै ६५ वर्षमाथि उमेर समूहका छन्। यसै पनि जापान जेष्ठ नागरिकको संख्या धेरै भएको देश हो। तर सँगै बस्ने नभएपछि जेष्ठ नागरिकलाई एक्लोपनले गम्भीर समस्या उत्पन्न हुने गरेको प्रतिवेदनमा उल्लेख छ।

अहिले पनि जापानमा जेष्ठ नागरिकको संख्या बढिरहेको छ। जापानी राष्ट्रिय जनसङ्ख्या संस्थानले देशमा सन् २०५० सम्ममा ६५ वर्ष या त्योभन्दा बढी उमेर समूहका नागरिकको सङ्ख्या १ करोड ८ लाख पुग्ने अनुमान गरेको छ।

प्रकाशित मिति: : 2024-09-01 16:21:00

प्रतिकृया दिनुहोस्