प्रचण्डलाई गगन थापाकाे सुझाव- उत्तेजनाको राजनीति नगर्नुहोस् (भिडियाे)

Break n Links
Break n Links

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले लगाएको आगोले आफैंलाई पोल्नसक्ने भन्दै उत्तेजनाको राजनीति नगर्न सुझाव दिएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उत्तेजनाको राजनीति सहज हुने र चेतनाको राजनीति एकदमै गार्हो हुने भन्दै प्रचण्डलाई उत्तेजनताको राजनीति नगर्न सुझाएका दिएका हुन्।

उनले भने, ‘पूर्वप्रधानमन्त्रीले हिजो बोल्दैगर्दा नेपाल बंगलादेश होला, श्रीलंका होलासम्म भन्न भ्याउनुभयो। धर्मपाठमा विश्वास नगर्ने भएकाले श्राप दिएको त पक्कै होइन होला। प्रतिपक्षमा बस्दै गर्दा सरकारको मात्रै अपोजिसन हो। सरकारले पनि त्यसको सम्मान गर्नुपर्छ। गरिरहेको छ, नभए हामी छौं। विपक्षी दलको जिम्मेवारी जसले लिएको छ त्यसले पनि सोच्नुपर्छ। एकछिनको लाभ र अन्तरविरोधमा खेल्नको लागि यतिधेरै पनि बरालिनुहुन्न कि। आफूले लगाएको आगोले आफैंलाई पोल्नसक्छ, आफैंलाई जलाउन सक्छ। बाल्न सजिलो छ, निभाउन गाह्रो छ। उत्तेजनको राजनीति बढो सहज हुन्छ। चेतनाको राजनीति एकदमै गार्हो हुन्छ।’

प्रकाशित मिति: : 2024-08-29 15:18:00

प्रतिकृया दिनुहोस्