नेपाल साफ यू- २० च्याम्पियनसिपको फाइनलमा

नेपाल काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो। पेनाल्टी सुट आउटमा नेपालका गोलकिपर जियाराथ सेखले दुई पेनाल्टी बचाएका थिए।

यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो।

अब नेपालले फाइनलमा भारत र बंगलादेशको विजेतासँग खेल्ने छ। भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेल सोमबार हुँदैछ।

प्रकाशित मिति: : 2024-08-25 17:25:00

प्रतिकृया दिनुहोस्