यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

पाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

बिहीबार र शुक्रबार लगातार बढेको अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमय दर शनिबार भने घटेको छ। 

शनिबार बेलायती पाउण्ड स्थिर रहँदा अमेरिकी डलर, यूरो र कतारी रियालको विदेशी विनिमय दर घटेको हो।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा पुगेको छ।

त्यस्तै, युरो एकको खरिद दर १४८ रुपैयाँ ८३ पैसा र बिक्री दर १४९ रुपैयाँ ५० पैसा रहेको छ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: : 2024-08-24 06:53:00

प्रतिकृया दिनुहोस्