सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
संविधानको धारा १६८ को (२) अनुसार आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिइएको छ।
शुक्रबार मात्र मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका थिए। उनी नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री भएका थिए।