बिएल संवाददाता
नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा यही साउन २६ गते हुने लाखे नाच प्रतियोगितामा कास्कीका २० वटा समूहले प्रतिस्पर्धा गर्ने भएका छन्।
पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा नेवाः खलः कचा पृथ्वीचोकका अध्यक्ष रेशमबाबु श्रेष्ठले यस वर्ष २३ समूहको सहभागिता हुने र २० समूहले प्रतिस्पर्धामा भाग लिने जानकारी दिए।
पोखरा प्रदर्शनी केन्द्रमा हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु ५५ हजार पाँच सय ५५, रु ३३ हजार तीन सय ३३, रु २२ हजार दुई सय २२ र रु ११ हजार एक सय ११ नगदसहित पुरस्कृत गरिने प्रतियोगिताका संयोजक रेशमप्रसाद श्रेष्ठले बताए।
कार्यक्रममा दश हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ। नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः सस्कार संस्कृति र परम्परा संरक्षण तथा पुस्तान्तरणका लागि नेवाः खलः कास्कीले विभिन्न कार्यक्रम गरिरहेको बताए।
गतवर्ष नेवा खलः कास्की तथा नेवा समुदायसँग सम्बन्धित सङ्घसंस्थाले पोखरामा २३ वर्षपछि बाघ जात्रा निकालेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया