निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम अस्वीकृत

संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो।

सोमबार सुनुवाइ समितिको बैठक बस्नुअघि नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए।

समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: : 2024-07-29 18:25:00

प्रतिकृया दिनुहोस्