सिमलताल बस दुर्घटना: अध्ययन कार्यदलकाे म्याद थप

Break n Links
Break n Links

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा भएकाे बस दुर्घटनाबारे अध्ययन गर्न बनेकाे कार्यदलकाे म्याद थप गरिएकाे छ।

कार्यदलले तोकिएको समयमा काम नसकेपछि सात दिन म्याद थप गर्ने निर्णय भएकाे हाे।

गृह मन्त्रालयद्वारा गठित कार्यदललाई सुरूमा १० दिनको समय दिइएको थियाे। तर दुर्घटनाकाे अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिन समयावधि थप गरिएको कार्यदलका संयोजक छवि रिजालले बताए।

गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशुली नदीमा यात्रु बेपत्ता भएका थिए।

२ वटा बसमा सवार ६५ जना यात्रु बेपत्ता भएकाेमा हालसम्म २४ जनाकाे शव भेटिएकाे छ। जसमा ७ जनाको भने सनाखत हुन बाँकी छ।

साेही दुर्घटनाबारे अध्ययन गर्न असार ३१ गते गृह मन्त्रालयका सहसचिव रिजालको संयोजकत्वमा कार्यदल गठन गरिएकाे थियो।

याे पनि...
प्रकाशित मिति: : 2024-07-25 12:30:00

प्रतिकृया दिनुहोस्