घट्यो सुनको मूल्य

साताको पहिलो कारोवार दिन नेपाली बजारमा (आज) आइतबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १३ सय रूपैयाँले घटेको हो।

शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १३ सय रूपैयाँले घटेर १ लाख ४६ हजार २ सय रूपैयाँमा कारोवार भइरहेको छ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा १ हजार ८ सय ३० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ८ सय १० रूपैयाँमा कारोवार भइरहेको छ।

प्रकाशित मिति: : 2024-07-21 11:50:00

प्रतिकृया दिनुहोस्