साताका १५ तस्बिर: बेलायतका राजाकाे क्राउनदेखि गाेली लागेका ट्रम्पसम्म

Break n Links
Break n Links

याे साता अमेरिकी पूर्वराष्ट्रपतिमाथि गाेली प्रहार भएकाे साता बन्याे। चुनावी र्‍यालीका क्रममा पूर्वराष्ट्रपति डाेनाल्ड ट्रम्पमाथि भएकाे गाेली प्रहार चर्चामा रह्याे। त्यस्तै याे साता स्पेनले युराेकप र अर्जेन्टिनाले काेपा अमेरिका कपकाे उपाधि चुमेकाे साता पनि बन्याे।

त्यसका साथ याे साता बङ्गलादेशमा चर्किएकाे काेटाविरुद्धकाे आन्दाेलनदेखि इजरायल-हमास युद्धका तस्बिरहरु पनि चर्चामा रहे। यससँगै यस साता भएका घटनाहरुलाई समेट्दै राेयटर्सले खिचेका तस्बिरहरुमध्ये १५ उत्कृष्ट तस्बिर यहाँ प्रस्तुत छ:


राष्ट्रपति पदका उम्मेदवारसमेत रहेका पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पेन्सिलभेनियाको चुनावी र्‍यालीमा गोली प्रहार भएपछि सुरक्षाकर्मीको नियन्त्रणमा, अमेरिकामा।

इटालीको क्याटानियामा रहेको युरोपको सबैभन्दा सक्रिय ज्वालामुखी माउन्ट एटनाको खाडलबाट लाभा र धुवाँको मुस्लो उठिरहेको हेर्दै एक व्यक्ति।

स्पेनको पाम्प्लोनामा सान फर्मिन उत्सवमा गोरुहरू दौडिरहेको समय व्यक्ति रमाइलो गर्न लड्ने अभिनय गर्दै।

स्पेनका अल्भारो मोराटा जर्मनीको बर्लिनमा भएको युरोकप २०२४ फुटबलको फाइनलमा इङ्ल्यान्डलाई हराएपछि टोलीका साथीहरूसँग ट्रफी उचालेर खुसी मनाउँदै।

इराकको नजाफमा शिया मुस्लिम क्यालेन्डरको सबैभन्दा पवित्र दिनको अवसरमा आशुराको अगाडि भेला भएका शिया मुस्लिमहरू।

बेलायतका राजा चार्ल्स लन्डनको वेस्टमिन्स्टर दरबारमा संसदको राज्य उद्घाटनको दिन ‘इम्पेरियल स्टेट क्राउन’ लगाएको अवस्थामा।

दक्षिणी गाजा पट्टीको खान युनिसमा इजरायल-हमास द्वन्द्वको समय एक प्यालेस्टिनी बालक पुन:  प्रयोगयोग्य वस्तुहरू बटुल्दै।

अर्जेन्टिनाका लियोनल मेस्सी कोलम्बियाविरुद्ध कोपा अमेरिका फुटबल- २०२४ को फाइनलमा विजय प्राप्त गरेपछि ट्रफी उठाएर आफ्नो टोलीका साथीहरूसँग खुसी मनाउँदै, अमेरिकास्थित फ्लोरिडाको मियामीमा।

बंगलादेशको ढाकाको रामपुरा क्षेत्रमा प्रहरी र अवामी लिगका समर्थकहरूसँगको झडपपछि एक घाइते प्रदर्शनकारीलाई अस्पताल लजाँदै।

पेरिसका मेयर एनी हिडाल्गो सेइन नदीमा पौडी खेल्दै र पेरिस ओलम्पिक २०२४ आयोजक समितिका सदस्य  टोनी एस्टान्गुएट हेर्दै, फ्रान्सको पेरिसमा।

कार्टुन चरित्र ‘डोरेमोन’को जन्मदिनको अवसरमा डोरेमोनको विभिन्न रुपको प्रदर्शनी, चिनको हङकङमा।

डिजे गुइल्हेर्मे पोर्चुगलको लाउन्डोस, पोवोआ डो भर्जिमको पेरिस बारमा संगीत बजाउने क्रममा।

लण्डन, बेलायतमा ‘कम एज यू आर’ प्रदर्शनीको एक भागको रूपमा लगभग चार हजार माई लिटिल पोनिज संग्रहणीयहरू प्रदर्शनमा।

कोलम्बियाको मोन्टेनेग्रोको कन्भेन्टमा अर्जेन्टिनाविरुद्ध कोपा अमेरिकाको फाइनलमा कोलम्बियाली राष्ट्रिय टोलीलाई समर्थन गर्न क्लेयर सिस्टरहरू फुटबल खेल्दै।

इटालीको सिसिलीको पालेर्मोमा गर्मीको समयमा रूखमुनि उभिरहेका एक जोडी।

प्रकाशित मिति: : 2024-07-20 20:30:00

प्रतिकृया दिनुहोस्