महिला एसिया कपमा नेपालको विजयी सुरुवात

Break n Links
Break n Links

श्रीलंकामा जारी महिला एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ।

शुक्रबार भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो।

युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन्।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो।

युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाएकी थिइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निनधर्काले १३ रन बनाएकी थिइन्।

त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन भने सबनम राई, कविता जोशी र कृतिका मरासिनीले एक-एक विकेट लिएका थिए।

अब नेपालले अर्को खेल आइअत्बार पाकिस्तानविरुद्ध खेल्दै छ भने युएईले आइतबार नै भारतको सामना गर्दैछ।

प्रकाशित मिति: : 2024-07-19 17:34:00

प्रतिकृया दिनुहोस्