त्रिशूलीमा बेपत्ता भएका २३ यात्रुकाे शव फेला, १४ जनाको सनाखत

Break n Links
Break n Links

नारागणगढ–मुग्लिन सडकखण्डस्थित सिमलताल पहिराेमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये २३ जनाको शव फेला परेको छ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गत असार २८ गते पहिराेमा परेर दुई वटा बससहित ६५ जना यात्रु बेपत्ता भएका थिए। प्रहरीका अनुसा हालसम्म २३ जनाको शव भेटिएकाे हाे। 

२३ मध्ये १४ जनाको सनाखत भएको छ भने बाँकी ९ जनाको सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ।

सनाखत हुनेमा भारतका ऋषिपाल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक रहेकाे छन्।

यसैगरी बाराका परमानन्द पण्डित, चन्द्रनिगापुरका किशोरकुमार चौधरी, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी र रौतहटकी अमृता कुमारीको शव भेटिएकाे हाे।

असार २८ गते बिहान काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको गणपती डिलक्स बस र वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता भएका थिए। उक्त बसमा ६५ यात्रु रहेकाे प्रहरीले पुष्टि गरेकाे छ। तीन जना भने हाम्फालेर बाँच्न सफल भएका थिए।

त्रिशुलीमा बेपत्ता रहेका दुवै बस र बाँकी यात्रुको नेपाली सेना र सशस्त्रका गोताखोरले खोजी रहेपनि अहिलेसम्म फेला पार्न सकिएको छैन।

याे पनि...
प्रकाशित मिति: : 2024-07-19 12:40:00

प्रतिकृया दिनुहोस्