सिमलताल पहिरो: गृह मन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थलमा

सिमलतालमा गएको पहिरोले बगाएको दुई बस घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थलमा पुगेको छ।

अध्ययन टोलीले घटनास्थलको अवलोकन गरेपछि चितवनका प्रहरी प्रशासन तथा सरकोरवालासँग छलफल गर्ने तथा बेपत्ता बसको खोजी प्रकृयाबारे जानकारी लिने बताइएको छ।

नयाँ गृहमन्त्री रमेश लेखकले आफूले पदभार सम्हालेको पहिलो दिनै गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय अध्ययन कार्यदल बनाएका थिए।

कार्यदलमा नेपाल प्रहरीका एसएसपी भुपेन्द्र खत्री, सशस्त्र प्रहरीका एसएसपी, विपद व्यवस्थापन प्राधिकरण, भौतिक पूर्वाधार मन्त्रालय र यातायात व्यवसायी महासंघबाट समितिका सदस्य रहेका छन्।

याे पनि...
प्रकाशित मिति: : 2024-07-17 10:57:00

प्रतिकृया दिनुहोस्